नेपाल–भारत संयन्त्रको बैठक : भारतीय सहयोगमा सञ्चालित परियोजनाबारे छलफल « Khabarhub

नेपाल–भारत संयन्त्रको बैठक : भारतीय सहयोगमा सञ्चालित परियोजनाबारे छलफल


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) को बैठमा भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको छ ।

सोमबार भएको भिडियो संवादमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिबारेको समीक्षा गरेका छन् ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र एजेन्सीका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी, परामर्शदाता र परियोजना कार्यान्वयनमा रहेका ठेकेदारहरूले भिडियो संवादमा सहभागिता जनाएका थिए ।

संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गरेका थिए । झण्डै तीन महिनापछि दुई पक्षबीच औपचारिक वार्ता भएको हो ।

२०७२ सालमा गएको भूकम्पले भत्किएका ५० हजार हजार निर्माण गरिने भारतीय पक्षले प्रतिबद्धता अनुरुप हालसम्म ४६ हजार तीन सय एक घर निर्माण भएको बैठकमा जानकारी दिइएको थियो ।

त्यसैगरी संवादमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ५३ बजे

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच