विद्युतीय गाडीमा भएको कर वृद्धिबारे पुनर्विचार गरिने « Khabarhub

विद्युतीय गाडीमा भएको कर वृद्धिबारे पुनर्विचार गरिने


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युतीय गाडीमा भएको कर वृद्धिबारे पुर्नविचार गरिने भएको छ ।

विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने जनाएको हो ।

सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको जानकारी दिए ।

यसअघि सरकारले विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ६ : ४१ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ