यामाहाको नयाँ स्कुटर लक्की ड्रमार्फत जित्ने अवसर, असोज ७ मा सार्वजनिक हुँदै « Khabarhub

यामाहाको नयाँ स्कुटर लक्की ड्रमार्फत जित्ने अवसर, असोज ७ मा सार्वजनिक हुँदै


१ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले असोज ७ गते नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ।

एमएडब्लूले सार्वजनिक गर्न लागेको नयाँ १२५ सिसीको स्कुटर रे जेडआरको प्रत्यक्ष प्रशारण हेर्नेले जित्न सक्नेछन्। त्यसको लागि लक्की ड्रमा सहभागिता जनाउन आधिकारिक वेबसाइटमा गएर पहिला आफ्नो नाम रजिस्टर गर्नुपर्छ भने, ७ गते बेलुका ७ बजेबाट हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुनुपर्नेछ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण यामाहाको युबट्युब च्यानलमा हुनेछ।

लाइभ कार्यक्रममा सहभागिता जनाउन चाहनेले माथिको लिंकमार्फत् रिमाइन्डर बटमको प्रयोग गर्न सक्नेछन्। कोभिड- १९ को कारण कुनै स्थान विशेषमा कार्यक्रम गर्न नसकिने अवस्था आएकाले युट्युब च्यानलमार्फत् नयाँ स्कुटर सार्वजनिक गर्न लागेको यामाहा नेपालले जनाएको छ।

यामाहाले ल्याएको नयाँ रे जेडआर १ सय २५ स्कुटरमा एफआई इन्जिनको प्रयोग गरिएको छ। यस्तोमा नयाँ टेक्नोलोजीका धेरै मोटरसाइकल र स्कुटर ल्याउँदै आएको यामाहाको प्रडक्ट लाइनअपमा रे जेडआर १ सय २५ थपिने भएको छ।

एमएडब्लूले नेपाली बजारमा उपभोक्ता चाहनाअनुसार स्टाइलिस, नविनतम् प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ३२ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको