कुवेतमा ९ महिनादेखि ७ नेपाली अलपत्र « Khabarhub

कुवेतमा ९ महिनादेखि ७ नेपाली अलपत्र



दोहा- खुशी जीवनको सपना बोकेर बैदेशिक रोजगारीका क्रममा २१ महिनाअघि कुवेत पुगेका ७ नेपाली ९ महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौँमा रहेको लाइफलाइन म्यानपावरबाट कुवेतको हवलीस्थित वाच बाडी क्याटरिङ सेर्भिसेस कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कोरोनाका कारण कम्पनीमा काम नभएपछि आफूहरु अलपत्र परेको नुवाकोटका राजेश वाग्लेले जानकारी दिए ।

‘कम्पनीले हामीलाई दुई महिना काम गरेको पारिश्रमिक पनि दिएको छैन, अहिले ९ महिना भैसक्यो विभिन्न संघसस्थाले दिएको खाद्यान्न खाएर बसेका छौँ,’ उनले भने ।

खाने पैसा पनि नभएको तथा घरमा जान्छौँ भन्दा कम्पनीले टिकट नदिएको उनीहरुको गुनासो छ ।

समस्या लिएर कुवेतस्थित नेपाल नेपाली दूतावास पुगेको ३१ पटक हुँदा पनि दूतावासले समस्या समाधान गर्न कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।

आफूहरुलाई पठाउने म्यानपावर कम्पनीलाई पनि पटक/पटक सम्पर्क गर्दा केहि गर्न नसक्ने भन्दै फोन काटी दिने गरेको वाग्लेले बताए ।

गैरआवासीय राष्ट्रिय समन्वय परिषद् कुवेतका केही प्रतिनिधिहरु पनि १ लिटर तेल र ५ केजी चामल दिएर फोटो मात्र खिचेर गएको  उनीहरु बताउँछन् ।

अलपत्र पर्नेमा  वाग्लेसहित खोटाङका मोतिराज राई, गोरखाका प्रभात लामिछाने र अनिल राना, रूपन्देहीका चन्द्र थापा तथा सिन्धुलीका जीत बल छन् । बाँकी एक जनाको नाम प्राप्त हुन सकेको छैन ।

यसैबीच शुक्रबार साँझ राहत सामग्री लिएर पिडितहरुलाई भेट्न पुगेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुन मगरसहितको टिमले चामल, दाल, तेल लगायत १५ दिनसम्म पुग्ने राहत स्वरुप खाद्यन उपलब्ध गराएको छ  ।

‘कम्पनीले उनीहरुलाई बन्धक बनाएर राखेको रहेछ अवस्था अत्यन्तै दयनीय छ । ९ महिना बिना काम, बिना पैसा बसेका छन् चाडोभन्दा चाडो उनीहरुलाई सम्बन्धित निकायले उद्धार थालोस,’ मगरले भने ।

अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि आइतबार पनि दूतावास जाने तयारीमा छन् ।

कुवेतस्थित नेपाली दूतावासले भने उनीहरुको समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित