बिरामीको मृत्यु भएपछि नोबेल अस्पताल विराटनगरमा तनाव « Khabarhub

बिरामीको मृत्यु भएपछि नोबेल अस्पताल विराटनगरमा तनाव


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बिरामीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकमाथि हातपात भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका-३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ साढे बजे मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन् ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि साढे ६ बजेतिर अस्पताल पुर्‍याएकी पोखरेलको अस्पतालले लापरबाहीले मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

उनीहरूले ढुंगामुडा गर्दै चिकित्सकमाथि आक्रमण गरेपछि  प्रहरीले लाठी चार्ज पनि गरेको छ । प्रहरीले तोडफोड र चिकित्सकमाथि दुर्व्यवहारमा संलग्न रहेको भन्दै छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । अस्पतालको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको दाहालले जानकारी दिए ।

राति तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन् । उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १३ बजे

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

काठमाडौं– नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित

काठमाडौं महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार

झापा– गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुटिएको पेस्तोल,

जेनेभामा अमेरिका–इरान आणविक संवाद

एजेन्सी– मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौं– सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं