गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन « Khabarhub

गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ सरकारले कानेपोखरी गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन उपलब्ध गराएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको प्रहरी भेन गाउँपालिकाका  अध्यक्ष ताराबहादुर काफ्लेले रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पालाई हस्तान्तरण गरे ।

भेनको इन्धन र मर्मत खर्च सबै गाउँपालिकाले गर्ने बताउँदै काफ्लेले दुरुपयोग नगरी काम गर्न प्रहरीलाई आग्रह गरे ।

प्रहरीलाई प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेनको चाबी र ब्लुबुक उनले हस्तान्तरण गरेका थिए । प्रहरी चौकीमा अहिले १ जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान रहेको छ ।

यस्तै प्रदेश सरकारले गाउँपालिकालाई बारण यन्त्र पनि उपलब्ध गराएको छ । आगलागीका घटना बढी हुने गरे पनि कानेपोखरीमा बारूणयन्त्र नहुँदा समस्या हुँदै आएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : ३५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको