काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा आज पनि विद्युत कटौती « Khabarhub

काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा आज पनि विद्युत कटौती


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत कटौती गरेको छ ।

नियमित मर्मतसम्भारको कारण देखाउँदै आएको प्राधिकरणले आज (शनिबार) बढीमा तीन घण्टा बिजुली कटौती गर्न लागेको हो ।

काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि कटौती भएको बिजुली १२ बजे मात्रै आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती हुने  प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए।

अर्यालका अनुसार ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिँदै छ।

भक्तपुरको ठिमी, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि विद्युत कटौती भएको छ । यो क्षेत्रमा १२ बजेसम्म बिजुली नआउने अर्यालले बताए।

मुलुकका विभिन्न स्थानमा मर्मत सम्भार गर्नु परेकाले विद्युत कटौती भए पनि यसलाई लोडसेडिङको रूपमा नबुझ्न प्राधिकरणले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ०१ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको