कोरोना विरुद्धको रुसी भ्याक्सिन भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति « Khabarhub

कोरोना विरुद्धको रुसी भ्याक्सिन भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले बनाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन स्पुतनिक-५ लाई भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ।

ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई)ले क्लिनिकल परीक्षणका लागि भारतीय औषधि निर्माता कम्पनी डा.रेड्डिजजलाई अनुमति दिएको हो।

हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत भएको थियो।

दोस्रोपटकको आवेदनपछि डीसीजीआईले दोस्रो र तेस्रो चरणको परीक्षण गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परीक्षणमा ४० हजार जना सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १२ बजे

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र