६ लाख रुपैयाँसहित बुटवलमा ६ जुवाडे पक्राउ « Khabarhub

६ लाख रुपैयाँसहित बुटवलमा ६ जुवाडे पक्राउ


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ६ लाख रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री छन्।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम