नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी « Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल जारी रहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु भएको हो ।

पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाललाई आज बदला लिन मौका छ ।

नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा हासिल गरे बंगलादेशले उपाधि जित्नेछ । स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गरेका छन् ।

गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा आएका छन् । छिरिङले यससँगै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । रजिनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए ।

मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।

नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेलेका छन् । भरतले नै टोलीको कप्तानी सम्हालेका छन । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।

हेर्नुस् लाइभ

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : २२ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने