नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले आज सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेपनि मैदानमा खेलाडीको बल पोसेसन भने राम्रो हुन सकेको छैन ।

बंगलादेशसँग पहिलो खेल २–० गुमाएको नेपाल आज पनि रक्षात्मक अवस्थामा देखिएको छ ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।
खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापंक्ति पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ४३ बजे

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे