नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशले जित्यो | Khabarhub Khabarhub

नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशले जित्यो


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

आजको  खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो  । तर, खेलाडीहरुले गोल गर्न भने सकेनन् ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।
खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलकुदका गतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता नेपालले बंगलादेशसँग खेलेको खेल नै पहिलो हो ।

अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदानमा उतारिएको थिइ ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

यसैबीच नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो ।

उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए । जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर उनलाई मैदानबाट बाहिर निकालेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ५२ बजे

परराष्ट्रमन्त्री राणा भन्छिन्‌ : महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि !

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै

अन्नपूर्ण गाउँपालिकाका योजनाको निर्माणअवधि लम्बियो

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरा छन्

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ