नेपाल–भारत सीमा खुलाउन माग राख्दै सर्लाहीका स्थानीय धर्नामा « Khabarhub

नेपाल–भारत सीमा खुलाउन माग राख्दै सर्लाहीका स्थानीय धर्नामा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा- नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै स्थानीयहरुले सर्लाही सदरमुकाम मलंगवास्थित सिमानाका नजिकै धर्ना दिएका छन् ।

मलंगवा सोनवर्षा सीमा नजिकै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् ।

भारतसँग सिमाना जोडिएका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष, प्रदेश सभा सदस्यहरु समेत धर्नामा सहभागी भएका थिए ।

चाडपर्व र विहेबारीको समयमा नाका बन्द हुँदा सीमा नजिकैका स्थानीयहरुको जनजीवन प्रभावित भएको भन्दै उनीहरुले नाका खोल्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।

सरकारलाई ध्यानाकर्षण गराउन धर्ना कार्याक्रमको आयोजना गरिएको सर्वपक्षीय जिल्ला संघर्ष समिति सर्लाहीका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिएका छन् ।

धर्नाबाट सुनुवाइ भएन भने कडा आन्दोलन गर्न आफूहरु बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : १२ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत