काठमाडौँ- चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।
चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई-५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ ।
उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।
चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।
यसअघि रूसको लुना-२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।
प्रतिक्रिया