एनआरएनएले ‘घुम्ती रगत संकलन बस’ हस्तान्तरण गर्दै « Khabarhub

एनआरएनएले ‘घुम्ती रगत संकलन बस’ हस्तान्तरण गर्दै


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघले शुक्रबार नेपाल रेडक्रस सोसाइटी चितवनलाई ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गर्ने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकूल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताए ।

यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मदत गर्ने विश्वास लिइएको जनाएको छ ।

यस परियोजनाको लागि स्वास्थ्य सामग्रीसहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो । यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा करिब ६१ लाख खर्च हुने भएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकाल देखि नै बिरामीहरुको उपचार र रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले एनआरएनले सहकार्य अघि बढाएको पन्तले बताएका छन् ।

विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धि रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।

यो परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेको अध्यक्ष पन्तले बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : ५५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज