छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देही, सुनसरी र बाँकेमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-२ ठुटीपिपलमा लु.२ ख १४१५ नम्बरको माईक्रोबसले लु.४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका-११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारस्थित सडकमा बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका-११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरि बाँकेको बैजनाथ गाउँपालिका-६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका-३ लखना बस्ने १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १ : २४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज