काठमाडौं उपत्यकामा थपिए ३६३ संक्रमित, ४ को मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३६३ संक्रमित, ४ को मृत्यु


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै हालसम्म काठमाडौँ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ३०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९४ हजार ६९ पुगेको छ । जसमध्ये ४५२ जनाको मृत्यु भएको छ भने ८९ हजार ५३० जना निको भएका छन्।

यसैगरी  ललितपुरमा १४ हजार ६४७ जना संक्रमित भएका छन्। जसमा १३९ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार ७७३ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ५८९ पुगेको छ । जसमा ९७ जनाको मृत्यु भएको छ भने ८ हजार १५९ जना निको भएका छन्।

हाल काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७३५ र भक्तपुरमा ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : ३१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ