भ्रष्टाचार अभियोगमा मालपोत अधिकृत खड्कासहित ४ जनाविरुद्ध मुद्दा « Khabarhub

भ्रष्टाचार अभियोगमा मालपोत अधिकृत खड्कासहित ४ जनाविरुद्ध मुद्दा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार निशुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

नीजहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार