फ्रान्सका राष्ट्रपतिलाई कोरोना, अन्य नेताहरु पनि आइसोलेसनमा « Khabarhub

फ्रान्सका राष्ट्रपतिलाई कोरोना, अन्य नेताहरु पनि आइसोलेसनमा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले सङ्क्रमित बनाएको थियो ।

राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उनी अब कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ ।

फ्रान्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ ।

उनले सङ्क्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी)द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि सङ्क्रमित भएको आशङ्का गरिएको छ ।

सम्मेलनको अध्यक्षता गर्नु भएका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि सङ्क्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेको उनको प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेको उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन ।

म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फ्रान्समा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : २१ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण