पाकिस्तानमा महिलाविरुद्ध हुने हिंसाप्रति ईयूको गम्भीर चिन्ता « Khabarhub

पाकिस्तानमा महिलाविरुद्ध हुने हिंसाप्रति ईयूको गम्भीर चिन्ता


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- पाकिस्तानमा महिलाविरुद्धका हिंसाप्रति युरोपियन युनियन (ईयू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

ईयूका सांसदहरुले सेप्टेम्बरमा लाहोरमा क्रूर मोटरवे बलात्कारको घटनापछि पाकिस्तानमा महिलामाथि हुने हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

लाहोरको राजमार्गमा गाडी बिग्रिएपछि सहयोगको लागि पर्खिरहेकी महिलालाई उनकै बच्चाको अगाडि बलात्कार गरिएको थियो । लाहोरको सहर प्रहरी अधिकारीले उल्टै पीडितलाई दोष लगाएर विवाद उत्पन्‍न गराएको थियो । यसले अन्तर्राष्ट्रिय चिन्ता उत्‍पन्‍न गराएको थियो ।

सोमबार आयोगका उपाध्यक्ष तथा विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेप बोररेलसहित ईयूका प्रतिनिधिमण्डलले पाकिस्तान सरकारले महिला हिंसाविरुद्ध कडा कदम चाल्‍न नसकेको भन्दै निन्दा गरेका छन् ।

इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेप्टेम्बर २ मा युरोपेली संसदका सदस्य समीरा राफेला, करेन मेलचीयर, अबिर अल-सहलानी, रडका म्याक्सोवा, सिल्वी ब्रुनेट, इरेन टोलरेट, क्रिसौला जकारोपुलो, हल्डे वाउटमन्स र सुसाना सोलिस पेरेज, सबै राजनीतिक समूहले जोसेप बोररेललाई संसदीय प्रश्न पठाउनु भएको थियो । उक्त प्रश्‍नको जवाफसहित पाकिस्तानको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।”

बोरेलले पाकिस्तानमा भएको यौन हिंसाका घटनाको कडा निन्दा गर्छौ र उनीसँग ठोस कदम चाल्ने सम्बन्धमा पाकिस्तानलाई आग्रह गर्ने बताएका छन् । पाकिस्तानमा कुनै पनि वर्तमान र भावी योजनाहरु महिला अधिकारको प्रबर्धनमा आधारित हुने निश्‍चित भएपछि मात्रै सहयोग उपलब्ध गराइने उनले बताएका छन् । महिलाहिंसाविरुद्धका सम्पूर्ण हिंसातको उन्मुलनका लागि ईयूले पहल गर्नेछ ।

बोररेलले आफ्नो समापन वक्तव्यमा सबै ग्रामीण विकास, शिक्षा र सरकारी परियोजनालगायत पाकिस्तान भित्रका ईयूका परियोजनाहरुमा लैंगिक मूलधारलाई समाहित गरिएको र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने कार्यसूचीमा तयार गरिनेसमेत बताएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १२ : ३५ बजे

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको