‘चीनले म्यानमार र भारतमा अवैध हतियार पठाउँदा सुरक्षा खतरा बढ्यो’ « Khabarhub

‘चीनले म्यानमार र भारतमा अवैध हतियार पठाउँदा सुरक्षा खतरा बढ्यो’


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ ।

यसबारे गुप्तचर एजेन्सीहरुले भारत सरकारलाई समेत सचेत गराएको जनाइएको छ ।

उनीहरुले भनेका छन्, ‘प्रमुख विद्रोही समूहहरू आसाम, मणिपुर, नागाल्याण्ड र मिजोरमका चिनियाँ गुप्तचर एजेन्सीहरूसँग नियमित सम्पर्क राख्छन् र चिनियाँ हतियारबाट फाइदा उठाउँछन् ।’

पूर्वोत्तर विद्रोही समूहलाई तालिम दिने, हतियार र गोलीको व्यवस्था गर्ने र निर्वासित आतंककारी र नेताहरुलाई सहयोग पुर्‍याउने काम भारतविरूद्ध चीनले लिएको कूटनीति-आतंकवादको पक्ष भएको उनीहरुको दाबी छ ।

भारतको उत्तरपूर्वी राज्यहरुबाट यस वर्ष मात्रै ४२३ अवैध हतियारहरु बरामद गरिएको सरकारी तथ्यांकले देखाएको छ । जसमा एके ४७, एम-१६ र चिनियाँ पेस्तोहरुसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  २ : ४६ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।