सुकौरा गाउँ नजिकैको ज‌ंगलमा मानव कंकाल फेला « Khabarhub

सुकौरा गाउँ नजिकैको ज‌ंगलमा मानव कंकाल फेला


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका १६ मा पर्ने सुकौरा गाउँ नजिकैको जंगलमा मानव कंकाल फेला परेको छ । धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो।

बिहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल फेला परेको खबरपछि मुचुल्का उठाउन प्रहरी खटिएको छ।

शुक्रबार अबेर भएकाले शनिबार जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरी चौकी सुकौराले शुक्रबार नै कंकाल रहेको स्थान हेरेर सुरक्षा निगरानीमा राखेको छ । जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनि कंकाल रहेको स्थानीयले बताएका छन्।

पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको कंकाल दुईतीन महिना अघिको हुनसक्ने अनुमान स्थानीयको छ । त्यहाँ रहेका कपडाको आकलनले भने पुरुषकै हुनसक्ने अनुमान स्थानीयको छ।

कंकाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ। तर हालसम्म कोही हराएको जानकारी नआएको जनाएको छ । टाढाकै मानिसको कंकाल हुनसक्ने अनुमान स्थानीयको छ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १२ : ५१ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित