राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले ह्वीप जारी गरेको छ ।

प्रदेश नम्बर दुईमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आफ्ना मतदातालाई निर्देशनात्मक ह्वीप जारी गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् ।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रदेश नम्बर दुईमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले पनि गठबन्धन गरेका छन् । समाजवादी पार्टीले नेकपा–राजपा गठबन्धनबाट मत खोस्न सकिने बताइरहेको बेला राजपाले आफ्ना मतदातामा ह्वीप जारी गरेको हो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : १० बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार