राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले ह्वीप जारी गरेको छ ।

प्रदेश नम्बर दुईमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आफ्ना मतदातालाई निर्देशनात्मक ह्वीप जारी गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् ।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रदेश नम्बर दुईमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले पनि गठबन्धन गरेका छन् । समाजवादी पार्टीले नेकपा–राजपा गठबन्धनबाट मत खोस्न सकिने बताइरहेको बेला राजपाले आफ्ना मतदातामा ह्वीप जारी गरेको हो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : १० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले