शक्ति गौचनलाई रुपन्देहीमा सम्मान « Khabarhub

शक्ति गौचनलाई रुपन्देहीमा सम्मान


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ ।

विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गरेका थिए ।

दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेलेका थिए ।

नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेलेका गौचनले प्रतियोगिताबाट सन्न्यास लिएसँगै रुपन्देहीको पडसरीमा क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् ।

गौचनलाई सोमबार सिद्धार्थ रङ्गशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उनलाई नगदसहित सम्मानपत्रले प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले सम्मान गरेका छन् । गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक जङ्गबहादुर थापालाई पनि पुरस्कृत गरिएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि वितरण समारोहमा क्रिकेटका पूर्वचर्चित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

क्रिकेट खेलमा शक्ति र जङ्गबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजक साइ ग्लोबल एकेडेमीका अध्यक्ष हरिबहादुर थापाले बताए ।

यसैबीच चौथो साइ ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लीलाराम मावि भैरहवाको टोलीले जितेको छ । लीलारामले आयोजक साइ ग्लोबललाई २ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

क्रिकेट प्रतियोगिता जितेसँगै टोलीले ५० हजारसहित ट्रफी एवं मेडल प्राप्त गरेको प्रतियोगिताका मुख्य व्यवस्थापक वासुदेव थापाले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : २१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ