दीपकराज गिरीको आक्रोश: अवार्ड नपाएको झोंक कि विकृतिको विरोध ? « Khabarhub

दीपकराज गिरीको आक्रोश: अवार्ड नपाएको झोंक कि विकृतिको विरोध ?


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरी विवादमै आएर पनि चर्चामा आइरहने गर्छन् । बेलाबेलामा उनले लेख्ने स्टाटसले गिरीलाई चर्चामा ल्याइरहन्छ । अब त उनी खरो विचार राख्ने कलाकारका रुपमा समेत चिनिन थालेका छन् ।

हालै नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न भयो । फेस्टिभलमा केही चलचित्रहरुको चर्चा भयो । अझ बुलबुलले ६ र गोपीले ३ अवार्ड त आफ्नो पोल्टामा पारे ।

यसवर्ष व्यापारिक हिसाबले सफल फिल्ममध्ये एक ‘छ माया छपक्कै’ बनाएका गिरीले यो फिल्मबाट चर्चा पनि कमाए । त्यसो त अर्को वर्ष यो फिल्मले अवार्ड नजित्ला भन्न सकिन्न । यद्यपि गिरीकै गतवर्ष रिलिज भएको फिल्म ‘छक्का पञ्जा ३’ केही अवार्ड हात पारेको थियो ।

यतिबेला भने गिरी अवार्डको विषयलाई लिएर खरो रुपमा उत्रिएका छन् । उनले सामाजिक सञ्जालमा अवार्डमा फिल्मले लगानी उठाउन नसकेको प्रति कटाक्ष गर्दै स्टाटस लेखेका छन् ।

‘फिल्म फेस्टिभलहरु आए गए, वर्षमा ८/९ वटा समारोह गरेर अवार्डहरु पनि बाँडिए, दंग परेर भोज पनि खाइयो,’ गिरीले लेखेका छन्, ‘फेसबूकमा फोटो पनि अपलोड गरियो, तर बिडम्बना दर्शकले सिनेमाघरतिर फर्केर पनि हेरेनन् ।’

गिरीले अवार्ड समारोहको गेटमा रोइरहेका निर्माताहरुको फोटो टाँस्न भन्दै व्यङ्ग्य गरेका छन् ।

‘अवार्ड समारोहको गेटमा रोइरहेका निर्माताहरुको फोटो पनि टाँस्नुहोला, भोज गरेको सान्दर्भिक हुन्छ,’ उनले व्यङ्ग्य गरेका छन् ।

संयोग के छ भने हालै सम्पन्न भएको निफको सोमवार साँझ एक पार्टीको आयोजना गरिएको थियो । उक्त भोजमा केही अवार्ड विजेता फिल्मकर्मी र संघका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । गिरी लगायत धेरै कलाकारलाई भने उक्त पार्टीमा निमन्त्रणा गरिएको थिएन ।

कतिपयले गिरीको यो धारणालाई फिल्मले अवार्ड नपाएको झोंक र आफूलाई आमन्त्रण नगरिनुको कारणका रुपमा हेरेका छन् ।

यद्यपि गिरी अवार्डका कार्यक्रममा भने उपस्थित हुँदैनन् । नेपालमा प्राय: अवार्डका कार्यक्रमहरु विवादित रहन्छन् । त्यसैले गिरीले निफ सकिनासाथ विरोधको आवाज उठाएको कतिपयले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ४५ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,