सेनाका जवानले भेटाएको १ लाख रुपैयाँ प्रहरीको जिम्मा लगाइयो « Khabarhub

सेनाका जवानले भेटाएको १ लाख रुपैयाँ प्रहरीको जिम्मा लगाइयो


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेटाएको  रु एक लाख प्रहरीलाई बुझाएको छ ।

पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो ।

नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, “आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ ।”

उनले रकम दाबी गर्न कोही नआएमा कानूनबमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : १० बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा