यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि « Khabarhub

यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ ।

त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ ।

तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि व्रत तथा नियमको पालना गर्नुपर्ने हुन्छ ।

हरेक मनोकामनाका लागी अलग अलग व्रत र त्यसका नियमहरु रहने गरेका छन् । यदि कोहि सन्तान प्राप्तिको मनोकामना राख्दछ भने उसले त्रयोदशीको व्रत बस्नु पर्छ ।

यदि कसैलाई विवाहमा अड्चन आइरहेको छ भने बिहीबारको व्रत बस्नु पर्दछ । त्यस्तै कुनै अन्य मनोकामना पुरा होस् भन्ने चाहना छ भने एकादशीको व्रत बस्नु उपयुक्त हुन्छ । यी व्रतका नियमबारे जानकारी लिनुहोस् ।

सन्तान प्राप्तिको व्रत र नियम

१. सन्तान प्राप्तिका लागी हरेक महिनाको त्रयोदशी तिथिको व्रत बस्नु पर्दछ ।
२. यस व्रतको दिन केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
३. त्यस दिन बिहान र साझँ ११ माला ‘ॐ नमः शिवाय’ को जप गर्नुपर्दछ ।
४. साझँमा शिव मन्दिर गई दर्शन गरेर मात्र भोजन गर्नुपर्दछ ।

विवाहको अड्चन हटाउने व्रत र नियम
१. विवाहको अड्चन हटाउन वा विवाहको कामना पुरा गर्न ११ बिहीबारको व्रत बस्नुपर्दछ ।
२. व्रतको दिन बिहान सबेरै उठेर नुहाई पहेलो वस्त्र धारण गर्नुपर्दछ ।
३. व्रतका क्रममा पवित्र जल केराको बोटमा अर्पण गरी १६ पटक परिक्रमा गर्नुपर्दछ ।
४. त्यसपश्चात ॐ नमो भगवते वासुदेवाय मन्त्रको १ सय ८ पटक जप गर्नुपर्दछ ।
५. व्रतको दिन सूर्यास्त हुनुपुर्व कुनै पनि पहेलो चीजको सेवन गर्नुहुदैन ।
६. बिहीबारको दिन नुनको सेवन गर्नुहुदैन ।
७. साझँमा पनि ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुपर्दछ ।

मनोकामना पुर्ण गराउने व्रत र नियम
१. धार्मिकशास्त्र अनुसार एकादशी व्रत सबैभन्दा महत्वपुर्ण र शुभ फलदायी व्रत मानिन्छ ।
२. शुक्ल र कृष्ण पक्ष तिथि गरी महिनामा दुई पटक एकादशीको व्रत हुने गर्दछ । दुबै व्रतको फल समान हुन्छ ।
३. यस व्रतको दिन शुद्ध जलीय आहार मात्र ग्रहण गर्नु पर्दछ ।
४. यदि निर्जल व्रत बस्न सकेमा एकादशी व्रतले अद्भुत परिणाम दिने मान्यता छ ।
५. यस व्रतका क्रममा इष्ट देवता वा विष्णु भगवानसंगै शिवको आराधना गर्नु पर्दछ ।
६. एकादशी व्रतमा चारै बेलामा आराधना गरे मनोकामना पुर्ण हुने मान्यता छ ।
७. व्रतको भोलीपल्ट बिहान एकछाक भोजन आवश्यकता भएकालाई दान गरी कागती पानि खाएर मात्र उपवास समाप्त गर्नुपर्दछ । आजतकबाट

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५३ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई