यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि « Khabarhub

यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ ।

त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ ।

तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि व्रत तथा नियमको पालना गर्नुपर्ने हुन्छ ।

हरेक मनोकामनाका लागी अलग अलग व्रत र त्यसका नियमहरु रहने गरेका छन् । यदि कोहि सन्तान प्राप्तिको मनोकामना राख्दछ भने उसले त्रयोदशीको व्रत बस्नु पर्छ ।

यदि कसैलाई विवाहमा अड्चन आइरहेको छ भने बिहीबारको व्रत बस्नु पर्दछ । त्यस्तै कुनै अन्य मनोकामना पुरा होस् भन्ने चाहना छ भने एकादशीको व्रत बस्नु उपयुक्त हुन्छ । यी व्रतका नियमबारे जानकारी लिनुहोस् ।

सन्तान प्राप्तिको व्रत र नियम

१. सन्तान प्राप्तिका लागी हरेक महिनाको त्रयोदशी तिथिको व्रत बस्नु पर्दछ ।
२. यस व्रतको दिन केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
३. त्यस दिन बिहान र साझँ ११ माला ‘ॐ नमः शिवाय’ को जप गर्नुपर्दछ ।
४. साझँमा शिव मन्दिर गई दर्शन गरेर मात्र भोजन गर्नुपर्दछ ।

विवाहको अड्चन हटाउने व्रत र नियम
१. विवाहको अड्चन हटाउन वा विवाहको कामना पुरा गर्न ११ बिहीबारको व्रत बस्नुपर्दछ ।
२. व्रतको दिन बिहान सबेरै उठेर नुहाई पहेलो वस्त्र धारण गर्नुपर्दछ ।
३. व्रतका क्रममा पवित्र जल केराको बोटमा अर्पण गरी १६ पटक परिक्रमा गर्नुपर्दछ ।
४. त्यसपश्चात ॐ नमो भगवते वासुदेवाय मन्त्रको १ सय ८ पटक जप गर्नुपर्दछ ।
५. व्रतको दिन सूर्यास्त हुनुपुर्व कुनै पनि पहेलो चीजको सेवन गर्नुहुदैन ।
६. बिहीबारको दिन नुनको सेवन गर्नुहुदैन ।
७. साझँमा पनि ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुपर्दछ ।

मनोकामना पुर्ण गराउने व्रत र नियम
१. धार्मिकशास्त्र अनुसार एकादशी व्रत सबैभन्दा महत्वपुर्ण र शुभ फलदायी व्रत मानिन्छ ।
२. शुक्ल र कृष्ण पक्ष तिथि गरी महिनामा दुई पटक एकादशीको व्रत हुने गर्दछ । दुबै व्रतको फल समान हुन्छ ।
३. यस व्रतको दिन शुद्ध जलीय आहार मात्र ग्रहण गर्नु पर्दछ ।
४. यदि निर्जल व्रत बस्न सकेमा एकादशी व्रतले अद्भुत परिणाम दिने मान्यता छ ।
५. यस व्रतका क्रममा इष्ट देवता वा विष्णु भगवानसंगै शिवको आराधना गर्नु पर्दछ ।
६. एकादशी व्रतमा चारै बेलामा आराधना गरे मनोकामना पुर्ण हुने मान्यता छ ।
७. व्रतको भोलीपल्ट बिहान एकछाक भोजन आवश्यकता भएकालाई दान गरी कागती पानि खाएर मात्र उपवास समाप्त गर्नुपर्दछ । आजतकबाट

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५३ बजे

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा

भारतीय संसद्मा विपक्षीको प्रदर्शन : गृहमन्त्री अमित शाहसँग जवाफ माग्दै नाराबाजी

नयाँदिल्ली- विपक्षी सांसदहरूले सोमबार भारतीय संसद् परिसरमा सरकारविरुद्ध प्रदर्शन गरेका

बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू)

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक