भगवान शिवले बाघको छाला धारण गर्नुको रहस्य के होला ? « Khabarhub

भगवान शिवले बाघको छाला धारण गर्नुको रहस्य के होला ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन:।।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।

अर्थ-  रूद्र नै ब्रह्मा, विष्णु हुन् सबै देवता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् । रुद्र नै ब्रह्म स्वरुप हुन् र उनी नै स्वयम्भू हुन्  । अर्थात  शिव नै ब्रह्मा हुन् ,ब्रह्मा नै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णु नै शिव हुन् । यस संसारको श्रृष्टि, पालन र संहारका विभिन्न नामले उनी चिनिदै आएका छन् ।

शास्त्रमा उल्लेख भए अनुसार भगवान शिवका अनेक नाम छन् । शिव, शंकर, भोलेनाथ, महादेव आदि । भगवान शिवका अनेक नाम भए पनि बाघको छालाको वस्त्र धारण गरे भन्ने विषयमा सवैलाई थाहा नहुन सक्छ ।

भगवान शिव सधैँ बाघको छालामा सजिएका हुन्छन् । उनले गहना स्वरुप नागको माला पहिरिन्छन् । हातमा त्रिशुल लिएका उनको शिरमा चन्द्रमा र गंगा हुन्छन् ।

धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको वर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ । उनले बाघको छालाको वस्त्र धारण गर्नुको कारणबारे शिवपुराणमा उल्लेख छ ।

पौराणिक कथालाई आधार मान्ने हो भने भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे ।

यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् । भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आकर्षित भए ।

सबै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछि लाग्न थालेपछि ऋषिहरु तनावमा परे र उनीहरु शिवसँग क्रोधित भए । तर उनीहरुले निवस्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् । त्यसपछि ऋषिहरुले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय खोज्न थाले ।

ऋषिहरुले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे । त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति (शिवजी)लाई खाओस् ।

तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए । त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ४४ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि