नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड ! « Khabarhub

नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड !


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो ।

गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको आरोप भक्तपुर कांग्रेसले लगाएको छ ।

बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी नेता बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

यसले नै गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्याएको दावी जगदीशको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ५१ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत