स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति « Khabarhub

स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ ।

मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सातवटै प्रदेशमा उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको बताए ।

उनका अनुसार प्रदेश नं १ मा उपसचिव प्रह्लादकुमार कार्की, प्रदेश नं २ मा उपसचिव ऋषिराज आचार्य, वाग्मती प्रदेशमा उपसचिव महेन्द्रकुमार सापकोटा, गण्डकी प्रदेशमा उपसचिव बाबुराम भुसाल, प्रदेश नं ५ मा उपसचिव डिलाराम पन्थी, कर्णाली प्रदेशमा उपसचिव रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा उपसचिव रेशमलाल कँडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सम्पर्क व्यक्तिले स्थानीय तहबाट प्राप्त गुनासा तथा सवालको सहजीकरणको समग्र व्यवस्थापन गर्ने, स्थानीय तहबाट अनुरोध भएका विषयमा सम्बन्धित सम्पर्क व्यक्तिबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णयका लागि सहजीकरण गर्ने, सम्पर्क व्यक्तिको समन्वय गर्ने र हरेक १५ दिनमा समीक्षा गरी मन्त्री र सचिवलाई प्रतिवेदन बुझाउने, प्रदेश समन्वय परिषद् वा अन्तर प्रदेश परिषद्बाट सहजीकरण वा निर्णय हुनुपर्ने विषय भए विवरण तयार गरी सम्बन्धित परिषद्मा पठाउने व्यवस्था मिलाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीयत तहको स्थलगत निरीक्षण गर्ने/गराउने छन् ।

यसैगरी कोभिड–१९ को सजगता नियन्त्रण र रोकथामका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने, प्रत्येक दिन कोभिड–१९ को चेकजाँचको विवरण स्थानीय तहबाट सङ्कलन गर्ने, कोभिड–१९ सँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारी भए सोको सङ्कलन गरी मन्त्रालयमा पठाउनेजस्ता कार्य गर्न तोकिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : ३५ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत