१३ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ « Khabarhub

१३ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा र मकवानपुरमा गरी स्रोत नखुलेको (अवैध) भारतीय रुपैयाँ करिब १३ लाखसहित ३ जना पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट मंगलबार प्रहरीले ९ लाख ९९ सय हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बैरातपुर जिल्लाअन्तर्गत पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र अर्का एक व्यक्ति छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले लमहीबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट डब्लुबी–२३–ई–२३३३ को बोलेरो जाँच गर्ने क्रममा उनीहरुलाई स्रोत नखुलेको ९ लाख ९९ हजार भारुसहित पक्राउ गरेको हो ।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ जनकपुर विमानस्थलबाट भारतीय रुपैयाँ २ हजार दरको १ सय ५० थान नोट (३ लाख भारु बराबार)सहित १ जना फक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मुजफरपुर घर भएका २० वर्षीय शिवम कुमार छन् । प्रहरीका अनुसार उनी जनकपुर विमानस्थलबाट विमान चढेर काठमाडौं जाने तयारीमा थिए ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनको साथमा स्रोत नखुलेको ३ लाख भारु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको