१३ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ « Khabarhub

१३ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा र मकवानपुरमा गरी स्रोत नखुलेको (अवैध) भारतीय रुपैयाँ करिब १३ लाखसहित ३ जना पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट मंगलबार प्रहरीले ९ लाख ९९ सय हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बैरातपुर जिल्लाअन्तर्गत पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र अर्का एक व्यक्ति छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले लमहीबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट डब्लुबी–२३–ई–२३३३ को बोलेरो जाँच गर्ने क्रममा उनीहरुलाई स्रोत नखुलेको ९ लाख ९९ हजार भारुसहित पक्राउ गरेको हो ।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ जनकपुर विमानस्थलबाट भारतीय रुपैयाँ २ हजार दरको १ सय ५० थान नोट (३ लाख भारु बराबार)सहित १ जना फक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मुजफरपुर घर भएका २० वर्षीय शिवम कुमार छन् । प्रहरीका अनुसार उनी जनकपुर विमानस्थलबाट विमान चढेर काठमाडौं जाने तयारीमा थिए ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनको साथमा स्रोत नखुलेको ३ लाख भारु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : ५६ बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत