शोधको निष्कर्ष – कोरोना भाइरस हावामा तीन घण्टा तामामा ४ घण्टासम्म सक्रिय रहन्छ « Khabarhub

शोधको निष्कर्ष – कोरोना भाइरस हावामा तीन घण्टा तामामा ४ घण्टासम्म सक्रिय रहन्छ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस निकै लामो समयसम्म सक्रिय रहने नयाँ तथ्य पत्ता लागेको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ अन्तर्गत नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्ससले गरेको शोध अनुसार सिगान वा खकारमा रहेको भाइरस हावामा घण्टौं र दैनिक प्रयोग गर्ने सामानको सतहमा केही दिनसम्म सक्रिय रहने पत्ता लागेको हो ।

कसैले हाच्छियू गर्दा वा खोक्दा निस्कने सिगान वा खकारमा रहेको भाइरस एरोजोल मिश्रित हावामा तीन घण्टासम्म सक्रिय रहने पत्ता लागेको हो ।

यस्तै यो भाइरस अस्पतालमा प्रयोग हुने वा दैनिक घरायशी प्रयोजनका सामानका सतहमा केही दिनसम्म सक्रिय नै रहने पत्ता लागेको हो । यसबाट मानिसमा कोरोना भाइरस सर्ने सम्भावना धेरै रहने जनाइएको छ ।

शोधको निष्कर्ष अनुसार प्लाष्टिक तथा स्टेनलेस स्टिलको सतहमा भाइरस तीन दिनसम्म पनि सक्रिय नै रहन्छ ।
कार्डबोर्डको सतहमा भने भाइरस २४ घण्टा अघि नै निष्कृय भइसक्छ । त्यस्तै, तामाको सतहमा भने ४ घण्टापछि भाइरस निष्कृय भइसक्छ ।

शोधकर्ताहरुले संक्रमित मानिसहरुमा रहेको भाइसको नकल गरी पछिल्लो शोध गरेका हुन् । यसको शोध प्रतिवेदन मंगलबार न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ३६ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको