यी हुन् कोरोन भाइरसबाट जोगिएका विश्वका ५० देश | Khabarhub Khabarhub

यी हुन् कोरोन भाइरसबाट जोगिएका विश्वका ५० देश



काठमाडौं– कोरोना भाइरसको संक्रमण तीब्र गतिमा विश्वभर फैलिरहेको छ । यसबाट विश्वका १६७ मुलुक र भूभागहरु प्रभावित भइसकेका छन् ।

कोरोना भाइरसबाट हालसम्म विश्वमा १ लाख ९८ हजार १ सय ९३ जना संक्रमित भइसकेका छन् भने हालसम्म ७ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको जन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

८२ हजार ७ सय ८१ जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस मानव वस्ती नै नभएको अन्टार्टिका महादेशबाहेक सबै महादेशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले युरोपलाई कोरोना भाइरसको केन्द्रविन्दू मानेको छ ।

कोरोनाबाट हालसम्म सबैभन्दा धेरै चीनमा असर परेको छ । यद्यपि चीनमा भने यसबाट निको हुनेहरुको संख्या बढ्दै गइरहेको छ भने संक्रमितहरु पनि दिन प्रतिदिन घट्दै गइरहेका छन् ।

चीनमा हालसम्म ८१ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३ हजार २ सय ४१ जनाको ज्यान गइसकेको छ । यद्यपि पछिल्लो २४ घण्टामा चीनमा केबल १ जना मात्र नयाँ संक्रमित देखिएका छन् ।

अर्कोतर्फ युरापेली मुलुकमा भने दैनिक संक्रमित एवं मृतकको संख्या बढ्दै गइरहेको छ । यसबाट चीनबाहिर सबैभन्दा धेरै इटाली प्रभावित छ ।

केही मुलुकहरु छन्, जहाँ कोरोना भाइरस पुगेको छैन वा त्यहाँ कसैमा पनि कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको छैन । कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५० छ

इटालीमा ३१ हजार ५ सय ६ जना संक्रमित छन् भने २ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ । इटालीपछि इरानमा कोरोना भाइरसको सबैभन्दा नराम्रो असर परेको छ । त्यहाँ १६ हजार १६९ जना संक्रमित छन् भने ९ सय ८८ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको सन्दर्भमा नेपालमात्रै त्यस्तो मुलुक हो, जहाँ एकजनामा कोरोना भाइरस देखिएर निको भएका छन् । नेपाललाई हरियो श्रेणिमा राखिएको छ । यो श्रेणिमा कसैमा कोरोना भाइरसको संक्रमण त भेटिन्छन्, तर उनले अरु कसैलाई संक्रमित नपारी निको हुन्छन् । चीनबाट आएका एक जना नेपालीमा । उनी पछि निको भए ।

कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५०

त्यस्ता केही मुलुकहरु छन्, जहाँ कोरोना भाइरस पुगेको छैन वा त्यहाँ कसैमा पनि कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको छैन । कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५० छ ।

कोरोना भाइरसको उद्गम एसियाका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यद्यपि त्यस्ता केही मुलुक छन्, जहाँ अहिलेसम्म कोरोना देखिएको छैन ।

एसियामा पर्ने त्यस्ता भाग्यमानी मुलुकहरु चाहीँ उत्तर कोरिया, यमन, तुर्कमेनिस्तान, सिरिया, पूर्वी टिमोर, लाओस, ताजिकिस्तान, म्यानमार हुन् ।

युद्धग्रस्त सिरिया र यमन अनी अधिनायकवादी तानाशाही शासन व्यवस्था रहेका तुर्कमेनिस्तान र ताजिकिस्तान कोरोना भाइरस देखिएको छैन । अत्यन्त गोप्य समाज मानिने म्यान्मार त्यस्तै, कम्युनिष्ट मुलुकहरु लाओस र उत्तर कोरियामा कोरोना भाइरसको संक्रमित पुष्टि भएपनि बाहिर नआएको हुनसक्ने आशंका गर्ने धेरै ठाउँहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

यता अफ्रिकामा भने धेरै मुलुकहरु अझै पनि कोरोना भाइरसबाट जोगिएका छन् । अफ्रिकी महादेशमा ५८ वटा मुलुकहरु छन् । यीमध्ये २१ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

बोत्सवाना, बुरुण्डी, केप भर्दे, चाड, कोमोरोस, जिबौटी, इरेट्रिया, गिनी बिसाउ, लेसोथो, लिबिया, मदागस्कर, मलावी, माली, मौरिसस, मोजाम्बिक, साओ टोमे एण्ड प्रिन्सिपे, सिएरा लियोन, निजेर, जाम्बिया, युगान्डा र जिम्बाब्वेमा अझै कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छैन ।

यद्यपि अफ्रिकी महादेशमा कोरोना भाइरसले ठूलो महामारीको रुप लिएको खण्डमा त्यहाँ ठूलो मानवीय क्षति हुने बताइन्छ । कमजोर स्वास्थय सेवा, चरम गरिबी र चिकित्सकहरुको चरम अभाव रहेका कारण अफ्रिकी महादेशमा कोरोना भाइरसबाट अकल्पनीय क्षति निम्तिने चिन्ताहरु उत्पन्न हुने गरेका छन् ।

कोरोना भाइरसले यतिबेला सबैभन्दा धेरै प्रभाव युरोपमा पारेको छ । केही दिनअिघमात्रै विश्व स्वास्थ्य संगठनले युरोपलाई कोरोना भाइरसको केन्द्र विन्दु घोषणा गरेको थियो । युरोपमा ४४ मुलुकहरु रहेकोमा हालसम्म सबै मुलुकहरुमा कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छन् ।

युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स लगातका मुलुकमा कोरोना भाइरसका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । मानिसहरुलाई घरमै बस्न भनिएका कारण बजार, पसल, बाटो सुनसान छ । युरोपेली युनियनले पनि भाइरसको संक्रमण रोक्नका लागि मानिसहरुको आवागमनमा कडाई गरेको छ ।

अष्ट्रेलिया र दक्षिण प्रशान्त क्षेत्रका केही टापु मुलुकहरु अझै कोरोना भाइरसको प्रभावबाट बच्न सफल भएका छन् । अष्ट्रेलियामा हालसम्म ५६५ जनामा संक्रमण पुष्टि भएर ६ जनाको ज्यान गएको भएपनि छिमेकी स–साना टापु मुलुकहरु भने कोरोनाको प्रभावबाट जोगिएका छन् ।

प्रशान्त क्षेत्रका मुलुकहरु फिजी, किरिबाटी, मार्शल टापु, संघीकृत राज्य माइक्रोनेशिया, नउरु, पलाउ, पपुवा न्यूगिनी, सामोआ, अमेरिकन सामोआ, न्यू कलेडोनिया, सोलोमोन टापु, टोङ्गा, टुभालू र भानुआतुमा अझै पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छैन ।

अर्कोतर्फ, कोरोना भाइरसले उत्तर अमेरिकामा पनि ठूलो आतंक मच्चाएको छ । विश्व अर्थतन्त्रको केन्द्र मानिने अमेरिकामा कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिनसक्ने चिन्ता पनि उत्तिकै ठूलो छ ।

कोरोना भाइरसकै कारण केही दिनयता न्यूयोर्कको शेयर बजार ओरालो लागिरहेको छ । कोरोना भाइरसलाई नियन्त्रण एवं रोकथाम गर्नका लागि अमेरिकाले राष्ट्रिय संकट घोषणा गरिसकेको छ भने क्यानाडाका पनि केही प्रान्तहरुले संकटका घोषणा गरेका छन् ।

तर, उत्तर अमेरिकामा पनि केही मुलुकहरु छन्, जो अझै पनि कोरोना भाइरसबाट जोगिएका छन् । ती मुलुकहरुमा निकारागुवा, हैटी, ग्रेनाडा, डोमिनिका, एल साल्भाडोर, बर्मुडा र बेलिज पर्छन् । केबल १२ देश मिलेर बनेको दक्षिण अमेरिकामा भने सबै मुलुकमा कोरोना भाइरस देखिसकेको छ ।

मानव वस्ती भएका सबै महादेशमा कोरोना भाइरसको प्रकोप पुगिसकेको छ । पर्याप्त सावधानी एवं रोकथामका उपाय अनपनाउँदा यो भाइरस अझ फैलिँदै जाने भन्दै सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यसको नियन्त्रणका लागि विभिन्न मुलुकहरुले विदेशीलाई प्रवेश गर्न नदिने, अन अराइभल भिसा रोकिदिने अनी सीमा क्षेत्रमा मानिसको आवतजावतमा कडाइ गर्ने गरिरहेका छन् । तर, यति रोकथामका उपाय अपनाउँदा अपनाउँदै पनि हरेक दिन नयाँ नयाँ मुलुकहरुमा कोरोना भाइरस फैलिरहेको छ ।

यी मुलुकमा देखिएको छैन कोरोना (सूची)

एसिया (८)

उत्तर कोरिया
यमन
तुर्कमेनिस्तान
सिरिया
पूर्वी टिमोर
लाओस
ताजिकिस्तान
म्यानमार

अफ्रिका (२१)

बोत्सवाना
बुरुण्डी
केप भर्दे
चाड
कोमोरोस
जिबौटी
इरेट्रिया
गिनी बिसाउ
लेसोथो
लिबिया
मदागस्कर
मलावी
माली
मौरिसस
मोजाम्बिक
साओ टोमे एण्ड प्रिन्सिपे
सिएरा लियोन
निजेर
जाम्बिया
युगान्डा
जिम्बाब्वे

अष्ट्रेलिया र प्रशान्त क्षेत्र (१४)

फिजी
किरिबाटी
मार्शल टापु
संघीकृत राज्य माइक्रोनेशिया
नउरु
पलाउ
पपुवा न्यूगिनी
सामोआ
अमेरिकन सामोआ
न्यू कलेडोनिया
सोलोमोन टापु
टोङ्गा
टुभालू
भानुआतु

उत्तर अमेररिका (७)

निकारागुवा
हैटी
ग्रेनाडा
डोमिनिका
एल साल्भाडोर
बर्मुडा
बेलिज

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : ४५ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय