चीनद्वारा तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला « Khabarhub

चीनद्वारा तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा बसेर पत्रकारिता गर्दै आएका तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने भएको छ ।

चीनको विदेश मन्त्रालयले बुधबार अमेरिकी पत्रिकाहरु न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंटन पोष्टका अमेरिकी पत्रकारहरुलाई १० दिन भित्र पत्रकारिता अनुमतिपत्र फिर्ता गरी देश छाड्न निर्देशन जारी गरेको हो ।

चीनको यो कदमबाट यी तीन पत्रिकामा काम गर्ने कम्तीमा १३ पत्रकारहरु देश निकालामा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि चिनियाँ विदेश मन्त्रालयले भने पछिल्लो कदमबाट प्रभावित हुने पत्रकारहरुको संख्या भने खुलाएको छैन ।

कागजात खोसिएका पत्रकारहरुले चीनको विशेष प्रशासन क्षेत्र मकाउ र हङकङमा बसेर पनि पत्रकारिता गर्न पाउने छैनन् ।

चीनमा आधारित रही पत्रकारिता गर्दै आएका विदेशी पत्रकारको समूह फोरेन करेस्पोन्डेन्ट क्लब अफ चाइनाले भने चिनियाँ कदमको आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चिनियाँ कदमलाई दुर्भाग्यपूर्ण भन्दै यसबाट पछि हट्न चीनलाई आग्रह गरेका छन् ।

यसअघि पनि चीनले चिनविरुद्ध घृणा फैलाउने लेख लेखेको भन्दै तीन पत्रकारलाई देश निकाला गरेको थियो । यससँगै अमेरिकाले चिनियाँ सञ्चारमाध्यमहरुलाई विदेशी निकायहरुजस्तै दर्ता हुनुपर्ने प्रावधान लागू गरेको थियो ।

पछिल्लो समय चीन र अमेरिकाबीच कोरोना भाइरसका विषयलाई लिएर बाकयुद्ध चर्किरहेका बेला चीनले अमेरिकी पत्रकारहरुको कागजात खोस्ने निर्णय गरेको हो ।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट शुरु भएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन क्रुद्ध बनेको थियो । त्यसको केही दिनअघि चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ताले वुहान शहरमा कोरोना भाइरस ल्याउन अमेरिकी सेनाको हात रहेको हुनसक्ने आरोप लगाएका थिए ।

दुई मुलुकहरु एक–अर्काका सञ्चारमाध्यमलाई पनि शंकाको दृष्टिले हेर्दै आएका छन् । चीनले निकै लामो समयदेखि अमेरिकी सञ्चारमाध्यमले चीनविरोधी भावना फैलाउने गरी समाचार सार्वजनिक गर्ने गरेको आरोप लगाउँदै आएको छ ।

अर्कोतर्फ अमेरिकाले भने चिनियाँ सञ्चारमाध्यमहरुले चिनियाँ कम्युनिष्ट पार्टीको प्रोपागाण्डा गर्ने गरेको आरोप लगाउने गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : १६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो