कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ लाख नाघ्यो « Khabarhub

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ लाख नाघ्यो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको छ ।

विश्वव्यापी कोरोना भाइरसका संक्रमितको तथ्यांक राख्दै आएको जोन्स होप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको जनाएको हो ।

यससँगै मृतकको संख्या पनि ८ हजार नाघेको छ । विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ६ पुगेको छ ।

विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित चीनका छन् । त्यसपछि इटाली र जर्मनीमा पनि संक्रमितको संख्या उच्च रहेको जनाइएको छ ।

दुई साता नबित्दै कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर भएको हो । यसअघि मार्च ७ का दिन विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार