नेकपा बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह « Khabarhub

नेकपा बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले एसइइ परीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयको स्वागत गर्दै भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले एसईई स्थगित गर्ने निर्णय भएको विषयमा सचिवालयमा जानकारी गराएका थिए ।

सचिवालयले सीमानाका र सार्वजनिक यातायातको क्षेत्रमा आवश्यक कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई अझ बढी प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए ।

यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाइने समन्वय समितिको निर्णयको स्वागत गर्दै सचिवालयले निर्णय विपरित काम गर्नेलाई कडा कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना सँगै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : १९ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो