सरकारलाई आपतकालीन कोष निर्माण गर्न अध्यक्ष राणाको सुझाव « Khabarhub

सरकारलाई आपतकालीन कोष निर्माण गर्न अध्यक्ष राणाको सुझाव


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

विकास बजेटको खर्च नहुने ठूलो राशिलाई इंगित गर्दै कोरोना भाइरससम्बन्धी आपतकालीन कोष निर्माण गर्न सरकारलाई अध्यक्ष राणाले सुझाव दिएका छन् ।

विकास बजेटको २० प्रतिशत अंशमात्र खर्च हुने प्रक्षेपणलाई आधार लिएर उनले यस्तो माग अघि सारेका हुन् ।

विश्वव्यापी अनुभवबाट पाठ सिक्दै यथाशीघ्र आपतकालीन कदम चाल्नु पर्ने राणाको ठहर छ । कोरोना संक्रमणको हकमा ठूलो रकम छुट्याएर आपतकालीन कोष समयमै निर्माण गर्नुपर्ने उनले बताए ।

बुधबार ट्वीट गर्दै राप्रपाका अध्यक्ष राणाले भनेका छन्, ‘विकास बजेटको २० प्रतिशत अंशमात्र खर्च हुने प्रक्षेपण रहेकोमा कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न ठूलै रकम छुट्याउन सरकारको ध्यानाकर्षण गराउदछु । विश्वव्यापी अनुभवबाट पाठ सिक्दै समयमै जिम्मेवारपूर्वक कडा कदम अत्यावश्यक भइसकेको छ ।’

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ०० बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ