सरकारलाई आपतकालीन कोष निर्माण गर्न अध्यक्ष राणाको सुझाव « Khabarhub

सरकारलाई आपतकालीन कोष निर्माण गर्न अध्यक्ष राणाको सुझाव


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

विकास बजेटको खर्च नहुने ठूलो राशिलाई इंगित गर्दै कोरोना भाइरससम्बन्धी आपतकालीन कोष निर्माण गर्न सरकारलाई अध्यक्ष राणाले सुझाव दिएका छन् ।

विकास बजेटको २० प्रतिशत अंशमात्र खर्च हुने प्रक्षेपणलाई आधार लिएर उनले यस्तो माग अघि सारेका हुन् ।

विश्वव्यापी अनुभवबाट पाठ सिक्दै यथाशीघ्र आपतकालीन कदम चाल्नु पर्ने राणाको ठहर छ । कोरोना संक्रमणको हकमा ठूलो रकम छुट्याएर आपतकालीन कोष समयमै निर्माण गर्नुपर्ने उनले बताए ।

बुधबार ट्वीट गर्दै राप्रपाका अध्यक्ष राणाले भनेका छन्, ‘विकास बजेटको २० प्रतिशत अंशमात्र खर्च हुने प्रक्षेपण रहेकोमा कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न ठूलै रकम छुट्याउन सरकारको ध्यानाकर्षण गराउदछु । विश्वव्यापी अनुभवबाट पाठ सिक्दै समयमै जिम्मेवारपूर्वक कडा कदम अत्यावश्यक भइसकेको छ ।’

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको