भारतसँग सीमा जोडिएको त्रिनगर नाकामा निगरानी कक्ष स्थापना « Khabarhub

भारतसँग सीमा जोडिएको त्रिनगर नाकामा निगरानी कक्ष स्थापना


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा आज निगरानी कक्ष स्थापना गरिएको छ ।

उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो ।

निगरानी कक्षमा तत्कालका लागि तीन वटा श्यया राखिएकामा आवश्यकताअनुसार थप श्ययाको व्यवस्था पनि गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

निगरानी कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबिसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ ।

निगरानी कक्षको प्रयोजनका लागि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । उपमहानगरपालिकाले गएको फागुन २४ गतेदेखि नै कैलाली भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट नेपाल भित्रिने नागरिकको नियमितरुपमा स्वास्थ्य परीक्षण गरिरहेको छ ।

यसैबीच कोरोना भाइरस रोकथामका लागि सतर्कता अपाउने विषयमा आज उपमहानगरपालिकाको पहलमा बसेको बहुसरोकारवालाको बैठकमा धनगढी बजारका मुख्य चोकका साथै बसबिसौनीमा पानीको व्यवस्थापन गरी आवागमन गर्नेलाई हात धुने व्यवस्था मिलाउने, रोग रोकथामका लागि चेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : १५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको