चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान « Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- माघ १३ गते चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ ।

कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाउने बालकको परिवारलाई आज घरमै पुगेर राहत रकमबापतको रु नौ लाख ५० हजारको चेक प्रदान गरेको हो ।

कार्यालयका प्रमुख केदार बराल र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरुपमा उक्त चेक मृतकका बाबु सुकबहादुर सुनार र आमा पवित्रा सुनारलाई हस्तान्तरण गरे ।

कार्यालयले घटना लगत्तै किरिया खर्चबापत रु ५० हजार र बन्दीपुर गाउँपालिकाले रु ५० हजार उपलब्ध गराएको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई राहत रकम प्रदान गरिएको बरालले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै भने, “साँझको बेलामा बालबालिकालाई बाहिर निस्कन नदिऔँ ।”

डिभिजन वन कार्यालयका प्रमुख बरालले जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने र घाइते हुने क्रम रहेकाले बालबालिका जोगाउन अभिभावकले ध्यान दिनुपर्नेमा बरालले जोड दिए ।

गत माघ १३ गते आमासँग विवाह भोज खाएर फर्कदै गरेको अवस्थामा चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको थियो । घर नजिकै पुग्ने बेलामा आक्रमणमा परेको बालकको शव घरभन्दा ८० मिटर टाढा खोल्सामा फेला परेको थियो ।

दुई दिन अघि चैत ३ गतेमात्रै चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा २१ महीनाकी संस्कृति न्यौपाने घाइते भएकी थिइन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । त्यस्तै फागुन २८ गते चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए । उनको पनि अवस्था सुधारोन्मुख छ ।

चितुवाको आक्रमणबाट तनहुँमा विसं २०७४ फागुन यता नौ बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये सात जना बालबालिकालाई राहतबापतको रकम प्रदान गरिएको र शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रवीन नेपाली र आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरको परिवारलाई राहत प्रदान गर्न बाँकी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । बाँकी दुई बालकको परिवारलाई पनि छिट्टै राहतबापतको रकम प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४५ बजे

अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

सिरहा– हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि

नेपालले मलेसियालाई दुई विकेटले हरायो

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्सा– तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक