कोरोनाले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको ट्रम्पको दावी « Khabarhub

कोरोनाले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको ट्रम्पको दावी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् ।

कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन् । उनले शुक्रबार ट्वीट गर्दै  अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी गरेका हुन् ।

ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ ।

यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : १५ बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत