प्रधानमन्त्रीले भनेपछि सक्किगो नि ! | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भनेपछि सक्किगो नि !


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खप्तड बाबा धर्म विज्ञानमा कवि–लेखकको धर्म बताउनुहुन्छ– विश्वको समस्त हलाहल (विष) पिएर पनि जो आफ्नो काव्यामृतले समाजलाई अमरत्व प्रदान गर्दछ, त्यही वास्तविक कवि (लेखक) हो । साहित्य धर्मसम्म पुग्ने सोपान हो र धर्म हो– ऐहिक एवं आमुष्मिक सुखको निष्पादक ।

सन्त जोगीहरूको मत जेजसो भए पनि हामी आफैँले सोच्दा पनि समाजका प्रति लेखकको केही लेखकीय दायित्व हुन्छ कि हुँदैन होला !

हुनुपर्ने त हो । लेखकको लेखकीय दृष्टिकोण, विशिष्टता वा क्षमता दुई प्रकारको हुन्छ भन्ने कुरा प्रस्ताव गर्न चाहन्छु । पहिलो, कुनै पनि जटिल विषयवस्तुलाई एकदमै सरल भाषामा चित्रित गर्नसक्नु र दोस्रो, अत्यन्तै सरल विषयवस्तुलाई भयंकर जटिल बनाउन सक्नु ।

जस्तो : अहिलेकै परिस्थितिमा कोरोना भाइरस संक्रमणजस्तो जटिल परिस्थितिलाई राजनीतीकरण गरेर आ–आफ्नो स्वार्थ बमोजिम सरल ढङ्गले व्याख्या गर्नु एउटा लेखकीय पक्ष हो । फेरि यो सामान्य भाइरसलाई अतिरञ्जित गरेर मनोवैज्ञानिक आक्रमणले सामाजिक व्यवस्था पूरै ध्वस्त बनाउने लेखकीय दक्षता ।

वस्तुको स्वाभाविक धर्मको अपेक्षा सबैतिर गरिन्छ । मान्छेसँग मान्छेको र कुकुरसँग कुकुरकै स्वाभावको अपेक्षा गरिन्छ । प्राकृतिक स्वभाव विपरीत व्यवहार भयो भने त्यसलाई अलग्गै उपमा दिएर त्यसको अपेक्षा गरिन्छ । फरक वस्तुको आरोप गरिन्छ । यहाँ आरोप पनि अपेक्षाकै सूचक हो, फरक होइन ।

समग्रमा यी दुई खाले मतभन्दा फरक साँच्चै यो विषयवस्तुप्रति गम्भीर भएर लेखकीय धर्म निर्वाह गरिएको त्यति देख्न–सुन्नमा आएको छैन । लेखकसँग सबैको कुनै न कुनै किसिमको अपेक्षा हुँदो हो । हुन्छ नै, यो अपेक्षा अलिकति तन्काएर बुझौँ न त ।

नेपाली भाषा त्यति बुझिँदैन अरे आजकाल, अंग्रेजी सजिलो हुन्छ रे ! सजिलो (अंग्रेजी) भाषामा अपेक्षालाई ‘एक्स्पेक्टेसन्’ भन्छन् । अंग्रेजीमा पनि यो शब्द रहेछ भन्ने मान्यता स्थापित गरेर लेख्यो भने त्यो कुरो पक्को हुन्छ, नत्र झ्याऊ !

सबैको सबैसँग एक प्रकारको अपेक्षा रहन्छ । सम्बन्ध अपेक्षाले नै निर्धारण गरेको हुन्छ । अपेक्षा कहिले व्यक्त हुन्छ र कहिले अव्यक्त तर पनि यो सदासर्वदा रहिरहने कुरो हो । कुनै दोस्रो व्यक्ति, वस्तु, वातावरण इत्यादि व्यावहारिक विषयहरूबाट स्वाभाविक आशा राख्नु साधारणतया अपेक्षा हो । यो व्यवहारमा स्वतः आइलाग्छ ।

उदाहरणका लागि, कोही व्यक्ति अर्को व्यक्तिलाई हेरेर मुस्कुराउँछ भने त्यो लक्षित व्यक्तिले त्यसै किसिमको प्रतिक्रिया जनाउनु ‘अपेक्षित’ हुन्छ । यदि त्यो व्यक्ति देख्या नदेख्यै गरेर हिँड्यो भने स्वाभाविकरूपमा प्रथम व्यक्तिको चित्तमा विकृति उत्पन्न हुन्छ, ‘कस्तो टिमुक्र्याहा मान्छे रहेछ, हाँस्न पनि पैसा पर्ला जस्तो !’

अपेक्षाको सिद्धान्त सर्वमान्य सिद्धान्त हो आजको समाजमा ।

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेको सापेक्षवाद (अपेक्षासहितको अथवा कुनै अर्को कुरा निर्धारक रहेको अवस्था) अथवा सजिलो भाषामा रिलेटिविटी थ्योरी अपेक्षाकै कार्यरूप हो । समस्त विज्ञान अपेक्षाको आधार हो । ढुंगामा कडापनको अपेक्षा गरिन्छ भने सल्फ्युरिक एसिडमा जलनको ।

वस्तुको स्वाभाविक धर्मको अपेक्षा सबैतिर गरिन्छ । मान्छेसँग मान्छेको र कुकुरसँग कुकुरकै स्वाभावको अपेक्षा गरिन्छ । प्राकृतिक स्वभाव विपरीत व्यवहार भयो भने त्यसलाई अलग्गै उपमा दिएर त्यसको अपेक्षा गरिन्छ । फरक वस्तुको आरोप गरिन्छ । यहाँ आरोप पनि अपेक्षाकै सूचक हो, फरक होइन ।

‘एक्स्पेक्टेसन लिड्स फ्रस्ट्रेसन’ भन्छन् आजभोलि सजिलो भाषा बोल्ने मान्छेहरू । ठिकै हो ।

शास्त्र पनि अर्कै भाषाले त्यसै भन्छ : ‘न वा अरे पत्युः कामाय पतिः प्रियो भवत्यात्मनस्तु कामाय पतिः प्रियो भवति, न वा अरे जायायाः कामाय जाया प्रिया भवत्यात्मनस्तु कामाय जाया प्रिया भवति …’

अर्थात्, आफ्नै कामनाका लागि पति, पत्नी, पुत्र इत्यादि प्रिय हुन्छन्, तिनीहरू निरपेक्ष प्रिय हुँदैनन् (बृहदारण्यकोपनिषद) ।

इत्यादि वेद मन्त्रले सम्बन्ध तथा व्यवहार अपेक्षामा नै निर्धारित रहेको बताउँछन् । निरपेक्ष अथवा अरू कुनै कुराको अपेक्षा नगर्ने कुनै कुरै हुँदैन । यहाँसम्म कि कुनै न कुनै कामनाले गर्दा नै प्रकृति चलायमान छ । प्रकृतिले पुरुषको अपेक्षा गरेको हुन्छ भने पुरुषले प्रकृतिको । निरपेक्ष केही, कुनै, कस्तै अवस्थामा सम्भव छैन । यसमा अपेक्षाको भार धेरै अथवा थोरै हुन सक्छ ।

अस्ति नेपालमा प्रधानमन्त्रीको सम्बोधन आउने भो भन्दा अपेक्षा ह्वात्तै बढेर आएछ । नआओस् पनि कसरी ! यत्रो महामारीबीच प्रधानमन्त्रीको सम्बोधन ! वरपर सबै चिल्लीबिल्ली परेको बेला, कोही सीमानापारि बसेर टुलुटुलु आफ्नो मुलुक हेरेका अनि कोही चाहिँ यही बेलामा सकेसम्म कुम्ल्याउन योजना कसेर बसेका ।

नेताको जनतासँग र जनताको नेतासँग झन् विचित्रको अपेक्षा हुन्छ । नेता सोच्दछ, जनता भोट हाल्ने मिसिन मात्रै होऊन् । जति बेला भोट चाहिन्छ त्यति बेला ‘प्रोग्रामिङ’ गरेर मिसिन चलायो !

जनता त्यसको विपरीत अपेक्षामा हुन्छ, आज भोट हाल्यो, भोलिदेखि विकासका धारा छुट्नु पर्ने !

अपेक्षाविना कुनै कुरा सम्भव छैन किनभने यो प्रकृति र चराचर जगत सापेक्ष (अपेक्षासहित) छ । यहाँ त्यसकारण हरेक कुरामा अपेक्षा हुनु स्वाभाविक हुन आउँछ । यदि यसै अपेक्षालाई छिद्रान्वेषण गर्दै लैजाने हो भने सृष्टिको सुरुआतसम्म पुगिन्छ, जहाँ पुरुषले ‘एको अहं बहुस्याम’ भनेर संकल्प गर्‍यो अर्थात आफैँले आफैँसँग बहुत्वको अपेक्षा गर्‍यो ।

यो पुरुषले सृजना गरेको प्रयोगशाला नै अहिले हामीले क्रिडा गर्ने प्रकृति हो । यो अद्वितीय संसारमा आफू अरूसँग त धेरै अपेक्षा गरिन्छ तर कहिल्यै आफैँसँग कुनै अपेक्षा गरिएको होला ?

यसका स्वाभाविक उत्तरहरू यस प्रकार छन् : परीक्षाका समयमा नपढी सबै कुरा कण्ठस्थ आए हुने, कहिल्यै बिरामी नहुन पाए हुने, मनले जे जे र जहाँ जहाँ डोहोर्‍याउँछ त्यहाँ तुरुन्त उपस्थित भएर तत् तत् भोग गर्न पाए हुने इत्यादि !

सापेक्ष संसारमा निरपेक्षको अपेक्षा अलिक नसुहाउँदो कुरो हुन्छ । अब जिज्ञासु (हामी) को अपेक्षा के हुनु पर्छ त भन्ने विषयमा चर्चा गरौँ ।

यो चराचर जगत ‘अपेक्षा’ कै क्रिडास्थल भएको हुनाले संकल्प–विकल्प गर्ने मन सधैँ अपेक्षाकै वरिपरी घुमिरहन्छ । मन नै जन्म–मृत्युको कारण हो भनेर सहस्रशास्त्रको मत एक छ । मनले संसारको अपेक्षा गर्‍यो भने पुनः संसार नै प्राप्त हुन्छ र मोक्षको अपेक्षा गर्‍यो भने मोक्ष ।

मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।
बन्धाय विषयासक्तं मुक्त्यै निर्विषयं स्मृतम् ।। (ब्रह्मबिन्दूपनिषद्– २)

यस्तै, संसार बन्ध–मोक्षको विषयमा कठोपनिषदमा पनि नचिकेता र यमराज बीचको संवाद मननयोग्य छ । जसले संसारकै अपेक्षा गर्दछ त्यो बारम्बार मेरो (यमराज) पाहुना हुनु पर्दछ, जसले ज्ञानको अपेक्षा गर्दछ ऊ मोक्षको अधिकारी हुन्छ भनेर यमराजले बालक नचिकेतालाई सम्झाउँछन् ।

तपाईं कम्युनिष्ट र कम्युनिष्टको खास्टो ओढेका मान्छेलाई ‘राजनीतिक’ भन्नुहुन्छ भने तपाईंको अपेक्षा सरासर गलत छ । ‘कम्युनिष्ट’ शब्दको आडको चलखेल भनेको कम्युनिष्ट धर्मावलम्बी सम्प्रदायको चलखेल हो, राजनीतिक चलखेल होइन । यमराजले नचिकेतालाई सम्झाएजस्तो, यदि कम्युनिष्टसँग राजनीतिको अपेक्षा गरियो भने त्यसले पुनः पुनः वितृष्णा व्यहोर्नुपर्ने हुन्छ ।

मन र मतिको अपेक्षा यति बुझेपछि आगे बुझ्न त्यति गाह्रो हुँदैन ।

अस्ति नेपालमा प्रधानमन्त्रीको सम्बोधन आउने भो भन्दा अपेक्षा ह्वात्तै बढेर आएछ । नआओस् पनि कसरी ! यत्रो महामारीबीच प्रधानमन्त्रीको सम्बोधन ! वरपर सबै चिल्लीबिल्ली परेको बेला, कोही सीमानापारि बसेर टुलुटुलु आफ्नो मुलुक हेरेका अनि कोही चाहिँ यही बेलामा सकेसम्म कुम्ल्याउन योजना कसेर बसेका ।

सबैको अपेक्षाको आधार नै अनुकूल समयको प्रतीक्षा हो । दाम्रिएर बसेका उडुसले मान्छेको गन्ध थाहा पाएपछि के गर्दा हुन् ! उडुसको अपेक्षा भन्नै पर्दैन ।

सबैलाई थुन्ने, थुनेरै राख्ने कम्युनिष्ट धर्मावलम्बी सम्प्रदायले थुनुवाकै पक्ष लिन्छ । एउटा अधिनायक हुनुपर्छ अनि उसको हैकममा अरूले थुनिएर बसेसम्म ‘शान्ति’ लाभ गर्दछन् । ‘मैले भन्दिए पछि भन्दिएँ भन्दिएँ, भ्रष्टाचार भएको छैन, छँदै छैन । छ भने पनि देख्या छैन, नदेखुन्जेल भएको छैन’ भनेर प्रधानमन्त्रीको भाषण आयो । आयो त अब के गर्न सकिन्छ र ! कोरोना आएजस्तै भाषण आयो ! देशका कार्यकारी प्रधानमन्त्री हुन् । उनी बोलेपछि बोले बोले ।

उनले भनेपछि सक्किगो नि ! झण्डै दुई तिहाई जनमतले निर्वाचित प्रधानमन्त्रीले भनेको कुरामा अविश्वास गर्नु पनि त भएन ।

यो अनपेक्षित भाषण आयो भनेर धेरैले भने । मलाई भाषण खासै अनपेक्षित लागेन । समग्रमा स्वतन्त्रता भनेको राजनीतिमा हुन्छ, धार्मिक सम्प्रदायमा होइन । तपाईं जुनसुकै धार्मिक सम्प्रदायमा गएर हेर्नुहोस्, सबैले आफ्ना मातहतका व्यक्तिलाई सदैव सुरक्षा प्रदान गरेर राखेका हुन्छन् ।

तपाईं कम्युनिष्ट र कम्युनिष्टको खास्टो ओढेका मान्छेलाई ‘राजनीतिक’ भन्नुहुन्छ भने तपाईंको अपेक्षा सरासर गलत छ । ‘कम्युनिष्ट’ शब्दको आडको चलखेल भनेको कम्युनिष्ट धर्मावलम्बी सम्प्रदायको चलखेल हो, राजनीतिक चलखेल होइन । यमराजले नचिकेतालाई सम्झाएजस्तो, यदि कम्युनिष्टसँग राजनीतिको अपेक्षा गरियो भने त्यसले पुनः पुनः वितृष्णा व्यहोर्नुपर्ने हुन्छ । (अष्ट्रेलियाबाट)

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ३१ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस