सीमा क्षेत्रका नागरिक रातभर जागराम « Khabarhub

सीमा क्षेत्रका नागरिक रातभर जागराम


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् ।

कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाकाअन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिए ।

ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताए ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताए ।

कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ३९ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता