मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि मोरङका मस्जिद र मदरसामा उच्च निगरानी « Khabarhub

मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि मोरङका मस्जिद र मदरसामा उच्च निगरानी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरको भुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १२ जना मुस्लिम समुदायका व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मोरङका मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको छ ।

मुसलमान समुदायका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएपछि उनीहरुको सघन बसोबासको क्षेत्र, मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिए ।

‘जिल्लाका मुस्लिम समुदायको सघन बसोबास रहेको क्षेत्रको पहिचान गर्दै अनुगमनका लागि विभिन्न स्थानिय तहलाई भनिसकिएको छ,’ प्रजिअ भुजेलले खबरहबसँग भने, ‘स्थानीय तहका पदाधिकारीले मुस्लिम समुदायका अगुवाहरुसँग समन्वय गर्दै अनुगमन गर्नुहुनेछ त्यसका लागि प्रशासनले पनि सहजिकरण गर्दैछ ।’

मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेका छन् । यस्तै सीमावर्ती क्षेत्रबाट हुने लुकुछिपी प्रवेशलाई रोक्न चेकपोष्ट र सुरक्षाकर्मीसमेत बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले