मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि मोरङका मस्जिद र मदरसामा उच्च निगरानी « Khabarhub

मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि मोरङका मस्जिद र मदरसामा उच्च निगरानी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरको भुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १२ जना मुस्लिम समुदायका व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मोरङका मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको छ ।

मुसलमान समुदायका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएपछि उनीहरुको सघन बसोबासको क्षेत्र, मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिए ।

‘जिल्लाका मुस्लिम समुदायको सघन बसोबास रहेको क्षेत्रको पहिचान गर्दै अनुगमनका लागि विभिन्न स्थानिय तहलाई भनिसकिएको छ,’ प्रजिअ भुजेलले खबरहबसँग भने, ‘स्थानीय तहका पदाधिकारीले मुस्लिम समुदायका अगुवाहरुसँग समन्वय गर्दै अनुगमन गर्नुहुनेछ त्यसका लागि प्रशासनले पनि सहजिकरण गर्दैछ ।’

मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेका छन् । यस्तै सीमावर्ती क्षेत्रबाट हुने लुकुछिपी प्रवेशलाई रोक्न चेकपोष्ट र सुरक्षाकर्मीसमेत बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : १४ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित