आज राति मेघगर्जनसहित वर्षा, कस्तो होला भोलिको मौसम ? « Khabarhub

आज राति मेघगर्जनसहित वर्षा, कस्तो होला भोलिको मौसम ?


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहेको छ ।

जसका कारण देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाले जनाएको छ ।

शनिबार राति देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाले अनुमान गरेको छ । र रातको छ बजेपछि राजधानीसहितका पहाडी क्षेत्रमा हावाहुरी सहित हल्का वर्षा भएको छ ।

कस्तो रहँला भोलिको मौसम

बैशाख ७ गते (आइतबार)

दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा साथै तराइका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ८ गते (सोमबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ।पुर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ३५ बजे

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र