कोरोनालाई जितेकी बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज | Khabarhub Khabarhub

कोरोनालाई जितेकी बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनलाई शनिवार(आज) साँझ डिचार्ज गरिएको छ ।

उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएसँगै अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो ।

गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।

कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भने , “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा राख्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती

घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन्, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ।’ डाक्टर र नर्सहरुले आफ्नो धेरै सेवा गरेको भन्दै उनले प्रशन्नता व्यक्त गरिन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : ५३ बजे

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र

चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर एक जनाको मृत्यु

गोरखा–  पालुङटार नगरपालिका-७ सल्लाघारी कटरपाटा बस्ने ५४ वर्षीय काली बहादुर बरामको सोही

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा रु १४