धनकुटामा कोरोना संक्रमित भेटिएपछि बजार क्षेत्र सिल, सेना समेत परिचालन « Khabarhub

धनकुटामा कोरोना संक्रमित भेटिएपछि बजार क्षेत्र सिल, सेना समेत परिचालन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ ।

आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

धनकुटाको सब्जीलाइन, बसपार्क, जिरोप्वाइन्ट, परिचयमोड, यलम्बर चोक, मधुगंगा सिनेमा हल र त्रिवेणी चोक क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

सिल गरिएकोे क्षेत्रमा आवागनम पूर्ण रुपमा निषेध गर्न नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतबार गरिएको परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया नर्समा कोरोना संक्रमण पुष्‍टि भएको थियो ।

धनकुटामा पहिलो पटक कोरोना संक्रमण भेटिएसँगै बजारक्षेत्र सिल गरिएपछि अहिले सो क्षेत्र सुनसान बनेको छ ।

यसैबीच संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेशनमा रहेकी  संक्रमितलाई आजै बिराटनगर स्थित कोरोना विशेष अस्पताल लैजाने तयारी थालिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुकाे खोजी जारी राख्दै उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी समेत थालिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको सूचना अधिकारी श्रेष्ठले बताए । संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र नगएको हुँदा अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ३० बजे

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री