चीनले कोरोना संक्रमितको तथ्य लुकाएको रहस्य खुल्यो  « Khabarhub

चीनले कोरोना संक्रमितको तथ्य लुकाएको रहस्य खुल्यो 


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना भाइरसबाट संक्रमितको तथ्य लुकाएको रहस्य खुलेको छ ।

शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आइरहेक कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका थिए ।

नयाँ खुलासा अनुसार चीनमा संक्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४ लाख रहेको पाइएको छ। यो जानकारी सैन्य संस्थाबाट लीक भएको जनाइएको छ ।

चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र कोरोनाको संक्रमण भएको बताएको छ ।

तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट लीक भएको डेटाका अनुसार चीनमा जम्मा कोरोना संक्रमितको संख्या ६.४ लाख भएको दाबी गरिएको छ ।

लीक भएको डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ ।

यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो । यस डाटामा केहि लोकेशन पनि सामेल रहेको जनाइएको छ ।

अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ ।

चीनमाथि विभिन्न देशहरुले कोरोनासम्बन्धी विभिन्न आरोप प्रत्यारोप लगइरहेका छन् ।

अमेरिका सहित विभिन्न देशहरुले चीनको कोरोनाबाट संक्रमित र मृतकको सत्य आँकडा लुकाएको बताइरहेका छन् । तर चीनले भने आफू कोरोना भाइरससँग लडेर जित्न सफल भएको दाबी गरिरहेको छ ।

सेन्टर फर डिसिज कन्ट्रोलले फोरन पोलिसी र रिपोर्टमा केहि पनि कुरा भनेको छैन । तर विश्व स्वास्थ्य संगठनले यस्तो कुनै पनि डेटाबेसको जानकारी नरहेको बताएको छ । डेलीमेलबाट

 

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ३६ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले