गुल्मीका कोरोना संक्रमित पुरुषको भेन्टिलेटरमा उपचार हुँदै, अस्पताल क्षेत्र सिल « Khabarhub

गुल्मीका कोरोना संक्रमित पुरुषको भेन्टिलेटरमा उपचार हुँदै, अस्पताल क्षेत्र सिल


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण देखिएका गुल्मीका ४१ वर्षका पुरुषलाई रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती पुरुषलाई अस्पतालको भन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् ।

“कोरोना संक्रमण देखिनुभएका विरामीको स्वास्थ्य अवस्था गम्भीर छ । अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,”उनले भनिन्, “कुनै पनि ट्राभल हिस्ट्रि नभएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ती स्वाब गत शुक्रबार नै संकलन गरेर भैरवाह पठाइएको थियो तर आज मात्र रिर्पोट आउँदा कोरोना पोजेटिभ देखिएको छ। ”

रिर्पोट ढिलाइमा पनि समस्या देखिएको उनले गुनासो गरिन् । उनले अहिले अस्पताल सिल गरिएको जानकारी दिइन् ।

अस्पतालका एक कर्मचारीका अनुसार उनलाई साताअघि ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । उनी जेठ १ गते अस्पताल भर्ना भएका हुन् । ती पुरुष शिक्षक रहेको बताइएको छ ।

जन्डिस भएर उपचारको लागि रुपन्देही आएका उनलाई पहिलो दिन आईसीयूमा राखिएको थियो । दोस्रो दिन भेन्टिलेरमा राखेर उपचार गरिएको छ ।

उनको ‘यात्रा विवरण’ के थियो, उनलाई कोरोना कहाँबाट सर्‍यो भन्ने जानकारी ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ०३ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका