गुल्मीका कोरोना संक्रमित पुरुषको भेन्टिलेटरमा उपचार हुँदै, अस्पताल क्षेत्र सिल « Khabarhub

गुल्मीका कोरोना संक्रमित पुरुषको भेन्टिलेटरमा उपचार हुँदै, अस्पताल क्षेत्र सिल


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण देखिएका गुल्मीका ४१ वर्षका पुरुषलाई रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती पुरुषलाई अस्पतालको भन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् ।

“कोरोना संक्रमण देखिनुभएका विरामीको स्वास्थ्य अवस्था गम्भीर छ । अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,”उनले भनिन्, “कुनै पनि ट्राभल हिस्ट्रि नभएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ती स्वाब गत शुक्रबार नै संकलन गरेर भैरवाह पठाइएको थियो तर आज मात्र रिर्पोट आउँदा कोरोना पोजेटिभ देखिएको छ। ”

रिर्पोट ढिलाइमा पनि समस्या देखिएको उनले गुनासो गरिन् । उनले अहिले अस्पताल सिल गरिएको जानकारी दिइन् ।

अस्पतालका एक कर्मचारीका अनुसार उनलाई साताअघि ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । उनी जेठ १ गते अस्पताल भर्ना भएका हुन् । ती पुरुष शिक्षक रहेको बताइएको छ ।

जन्डिस भएर उपचारको लागि रुपन्देही आएका उनलाई पहिलो दिन आईसीयूमा राखिएको थियो । दोस्रो दिन भेन्टिलेरमा राखेर उपचार गरिएको छ ।

उनको ‘यात्रा विवरण’ के थियो, उनलाई कोरोना कहाँबाट सर्‍यो भन्ने जानकारी ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ०३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी