गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान « Khabarhub

गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकामा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी अधिवेशन आह्वानको सूचना जारी गरेका हुन् ।

“प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन संवत् २०७७ जेठ ११ गते आइतबार दिनको १ बजेदेखी पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गरेको छु” प्रदेश प्रमुखद्धारा जारी सूचनामा भनिएको छ ।

सरकारले नदीपुरस्थित प्रदेशसभा भवन साँघुरो भएको र सामाजिक दूरी कायम गर्न कठिनाइ पर्ने भएकाले सभागृहमा संसद् बैठक राख्न लागिएको जनाएको छ ।

त्यसैगरी हिजोको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई एक÷एक वटा स्कारपियो गाडी खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

तनहुँको दुई स्थानमा शवदाह गृह मेसिनका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि सङ्घीय सरकारलाई सिफारिसको निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

बैठकले लघु तथा साना उद्यमीहरूलाई मेसिन उपकरण हस्तान्तरण गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ५१ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका